
काठमाडौं: छायांकनको अन्तिम तयारीमा रहेको फिल्म महाराजधिराज मा अभिनेत्री आशा पौडेल र गजित विष्ट को इन्ट्री भएको छ । लगातार एकपछि अर्को कलाकार अनुबन्ध गरिरहेको महाराजधिराज टिमले मंगलबार यी २ लाई अनुबन्ध गरेको हो । आगामी दशैँको फूलपातीलाई रिलिज मिति तय गरेर प्रि-प्रोडक्सन सुरु गरेको फिल्म अहिलेदेखि नै चर्चामा छ । अनुबन्ध भएका अभिनेता विष्ट परिचित नाम हो ।
अभिनयमा राम्रो दखल भएका उनले यो फिल्ममा जोडिन पाउँदा खुशी व्यक्त गरेका छन् । ‘मायाज बार’ नामक फिल्मबाट अभिनय मा डेब्यु गरेका उनले करियरको १५ वर्षमा २० बढी फिल्महरुमा अभिनय गरिसकेका छन् भने उनले ‘लभ यू बाबा’ र ‘हैरान’ जस्ता फिल्म निर्माण समेत गरिसकेका छन् । टेलिभिजन रियालिटी शो हरुको निर्देशन को समेत अनुभव बटुलेका विष्ट अब महाराजधिराज मा कस्तो चरित्रमा देखिन्छन् भन्ने कौतुहलता थपिएको छ ।
यस्तै २०६३-६४ सालबाट अभिनय यात्रा थालनी गरेकी आशाले फिल्ममा ‘दाईको ससुराली’ बाट डेब्यु गरेकी थिइन् । त्यसपश्चात जिन्दगी, कृष्णा, त्रिनेत्र, सासु नन्द बुहारी, भोजपुरी भाषामा बनेको नेपाली फिल्म कर्जा रगतको र भोजपुरी फिल्म सबसे वाडा रुपैयाँ नामक फिल्ममा पनि अभिनय अनुभव बटुलिसकेकी छन् । थुप्रै म्युजिक भिडियो तथा टेलिफिल्म हरुमा समेत अभिनय गरेकी उनले पछिल्लो समय महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’मा समेत अभिनय गरेकी छन् । उनले पनि महाराजधिराज मा अनुबन्ध हुन पाउँदा हर्षित महसुस गरेकी छन् ।
यसअघि यो फिल्ममा आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा शिवाकोटी, जय किशन बस्नेत र पुष्प खड्का अनुबन्ध भइसकेका छन् । फिल्ममा पुराना र नयाँ पुस्ताका कलाकारको संयोजन देख्न पाइने भएकाले यसको कथावस्तु फरक हुने अनुमान गरिएको छ । ‘महाराजधिराज’को निर्देशन परिच्छेद सेनले गर्नेछन् । यसअघि सेनले निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ ले राम्रो प्रतिक्रिया पाएको थियो ।
फिल्मको कथा पनि निर्देशक सेनकै हो । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माण रहने यो फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले यसअघि राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का फिल्मका निर्माता हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ । त्यसैले पनि यो फिल्मको चर्चा फिल्मी बजारमा व्यापक छ । यो सँगै आधा दर्जन फिल्म सो मितिमा रिलिज हुने पक्कापक्की छ । यो फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ ।
-
रविन लामिछानेको गोरखा घर काठमाडौँ डेरा सर्वाधिक चर्चामा
-
कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने
-
कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन
-
धादिङ्ग जिल्लामा राजनीतिक खवरदारी, राजनीतिक प्रशिक्षण तथा हस्ताक्षर अभियानको सम्पन्न
-
पर्वत कलाकार समाज नेपालको अध्यक्ष र महासचिवमा कृष्ण समिप सुबेदी र सुजन बराईली निर्बिरोध निर्वाचित