
काठमाडौं, २७ जेठ । नेकपा (माओवादी केन्द्र) निकट गोरखाको धावा – काठमाडौं सम्पर्क समन्वय समितिले २०८२ सालको नयाँ भित्तेपात्रो सार्वजनिक गरेको छ। राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच समितिले भित्तेपात्रो सार्वजनिक गरेको हो।
उक्त समितिले नयाँ पात्रो मार्फत आफ्नो संगठन र गतिविधिहरूलाई प्रभावकारी रूपमा जनसमक्ष ल्याउने लक्ष्य राखेको भीमसेनथापा – काठमाडौँ सम्पर्क समन्वय समितिका सचिव नारायण लामिछानेले जानकारी दिए।
कार्यक्रममा सम्पर्क समन्वय समितिका केन्द्रीय सदस्यहरू रमेश बन्जारा र बाबुराम देबकोटा लगायतको सहभागिता रहेको थियो । समितिले आगामी दिनमा पनि भित्तेपात्रो प्रकाशनको कामलाई निरन्तरता दिने बताएको छ। सम्पर्क समन्वय समितिका केन्द्रीय सदस्यहरू रमेश बन्जाराले धावा – काठमाडौं सम्पर्क समन्वय समितिले रचनात्मक काम गेको भन्दै प्रसंशा गरे। “पात्रो केवल समय हेर्ने साधन मात्र होइन, यसमार्फत हाम्रो संगठनको विचार, कार्यक्रम र अभियानहरूलाई जनतासामु प्रस्तुत गर्ने माध्यम पनि हो,” उनले भने।
सार्वजनिक गरिएको भित्तेपात्रो निकै आकर्षक रूपमा डिजाइन गरिएको छ। यसमा संगठनका विविध गतिविधिहरू झल्काउने तस्वीरहरू समावेश गरिएको छ, जसले संगठनको क्रियाशीलता र प्रतिवद्धतालाई समेत उजागर गरेको छ।