logo

शुक्रबार, जेष्ठ ३१ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ३१ शुक्रबार

लमजुङ कलाकार समाजद्वारा समाजसेवि राजशान्ती दम्पती सम्मानित

लमजुङ कलाकार समाजद्वारा समाजसेवि राजशान्ती दम्पती सम्मानित


  • बुधबार, जेष्ठ २९ २०८२
  • 8.4K
    SHARES

    लमजुङ जिल्ला बासिन्दा तथा हाल युनाइटेड किङ्गडममा बसोबास गर्दै आउनुभएका समाजसेवी, अभियन्ता, लेखक, साहित्यकार तथा विश्लेषक श्री राजशान्ती सुनार र उहाँकी धर्मपत्नी श्रीमती शान्ती सुनारको नेपाल आगमनको अवसरमा लमजुङ कलाकार समाजले एक विशेष स्वागत तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि श्री राजशान्ती सुनारले लमजुङ कलाकार समाजप्रति गहिरो सरोकार व्यक्त गर्दै, आगामी दिनहरूमा समाजले लमजुङ जिल्लाभर छरिएर रहेका कलाकारहरूका लागि “कोसेढुंगा” सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले देश तथा विदेशमा रहेका सम्पूर्ण शुभचिन्तकहरूको ध्यान यस संस्थाप्रति आकर्षित भइरहेको बताउनुभयो। साथै, राजशान्ती फाउन्डेशन तथा व्यक्तिगत रूपमा आफू सधैं सहयोगी भूमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    उक्त अवसरमा श्रीमती शान्ती सुनारले सम्पूर्ण कलाकारहरू एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रमकै सिलसिलामा लमजुङ कलाकार समाजका अध्यक्ष श्री उमेश गुरुङले श्री राजशान्ती सुनारलाई संस्थाको सल्लाहकारको रूपमा नियुक्त गरिएको घोषणा गर्नुभयो। सल्लाहकार नियुक्त भएकोमा श्री सुनारले प्रसन्नता व्यक्त गर्दै संस्थाको मार्गदर्शनमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो।

    कार्यक्रममा लमजुङ कलाकार समाजका सम्पूर्ण कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सबैको साझा भनाइ अनुसार, संस्थाको मुख्य उद्देश्य नेपाली गीत–संगीत तथा विशेषगरी लमजुङ जिल्लाको कला, संस्कृति र स्रष्टा–सर्जकहरूको संरक्षण तथा विकासमा योगदान पु¥याउनु हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech