logo

सोमबार, असार १६ २०८२

kantipurpationlinetv

२०८२ असार १६ सोमबार

सिरानचोक गाउँपालिकाका उत्कृष्ट ४० उद्यमी सम्मानित

सिरानचोक गाउँपालिकाका उत्कृष्ट ४० उद्यमी सम्मानित


  • शुक्रबार, बैशाख १९ २०८२
  • 2.6K
    SHARES

    गोरखा । सिरानचोक गाउँपालिका भित्र रहेका उत्कृष्ट उद्यमीहरुलाई आज एक कार्यक्रम बिच सम्मानित गरीएको छ ।

    उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, सिरानचोक गाउँपालिका र दायित्व नेपालको बृद्विमुखी कार्यक्रम अन्तरर्गत पालिका भित्र भएका मध्ये ४० जना उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरीएको हो ।

    सम्मानित हुने उद्यमीहरुलाई पालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा नम्बर ३ का वडाध्यक्ष जगदिश पोखरेल र दायित्वका गण्डकी प्रदेश संयोजक जुनतारा बुढा मगरले अबिर, माला र प्रमाण पत्र दिएर सम्मान गरेका थिए ।

    गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा मात्र लागु भएको बृद्विमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्वन कार्यक्रम (जिईईपी) कार्यक्रम अन्तरर्गत सहभागी भएका १२५ जना कृषक मध्य ४० जनाको छनौटगरी सम्मान गरीएको दायित्व नेपालका गण्डकी प्रदेश संयोजक जुनतारा बुढा मगरले जानकारी दिए ।

    उनका अनुसार छनौट भएका ४० जना उद्यमीलाई शनिबार र आइतबार २ दिन ब्यवसायीक योजना बनाउनको लागी तालिमा प्रदान गरीने भएको छ ।

    
    
    
    छनौट भएका ४० जनाले तालिम पश्चात भावि दिनमा कसरी अगाडी बढ्ने भनेर योजना बनाएको आधार पुनः २० जनाको छनौट गरीने छ । बुढा मगरका अनुसार बैशाख २१ गते आइतबार छनौटको काम सम्पन्न हुने छ ।
    
    उद्यमी छनौटका लागी एक मूल्यांकन समिति समेत बनेको उनले जानकारी दिए । समितिमा पालिका, स्थानिय स्तरमा रहेको उच्च मावि वा क्याम्पसका प्राध्यापक, बैकका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी र प्रशिक्षक १–१ जना गरी ५ जनाको मूल्यांकन समिमितीले छनौट गर्ने छन् ।
    
    आज छनौटमा परेका ४० जनाले जनही २५ हजारका दरले पुरक अनुदान पाउने छन् भने आइतबार छानिने १० जनाले जनही १ लाखका दरले पुरक अनुदान पाउने पनी कार्यक्रम संयोजक बुढामगरले जानकारी दिए ।
    
    
    
    कार्यक्रम अन्तरर्गत प्रदेश सरकारले ४० लाख, गाउँपालिकाको २० र दायित्व नेपालको १५ लाख गरी कुल ७५ लाखको कार्यक्रम रहेको छ । उद्यमीहरुले प्रदेश र पालिका अन्रर्गतको ६० लाख अनुदान सिधै पाउने छन् भने दायित्व नेपालबाट खर्च हुने १५ लाखको भने प्राविधिक सहयोग, क्षमता अभिबृद्वि र प्रशासनिक ब्यवस्थापनमा खर्च हुने संयोजक बुढा मगरले जानकारी दिए ।
    
    छनौंटमा परेका उद्यमीहरुमा पाहुना घर सञ्चालक, कृषि, पशुपालन, मौरी पालन, सौन्दर्य कला, केरा, किवी तथा अलौची एवं कफी खेती गर्ने किसानहरु रहेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech