
घिरिङ गाउँपालिका–४ मा आयोजित दुई दिने कृषकस्तर तालिम सम्पन्न भएको छ । खाद्यान्न बालीको खेती प्रविधि सम्बन्धी तालिमको समापन समारोहमा बोल्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङ कृषि क्षेत्रको लागि उर्वर भूमि रहेको उल्लेख गर्दै, प्रविधियुक्त खेतीतर्फ उन्मुख हुन कृषकहरूलाई आग्रह गरे ।
अध्यक्ष थापाले अंङ्गुर खेतीले घिरिङमा राम्रो चर्चा कमाएको उल्लेख गर्दै भने, ‘अबको खेती परम्परागत ढंगले मात्र सम्भव छैन, प्रविधि, जानकारी, र दक्षता आवश्यक छ । उत्पादनले कति आम्दानी दिएको छ, प्रयोग भएको बिषादी कस्तो र कति मात्रामा प्रयोग भएको छ भन्ने कुरा बुझ्न आवश्यक छ ।’
अध्यक्ष थापाले प्रमुख खाद्यान्न बालीहरू जस्तै धान, गहुँ, मकै, कोदो आदिमा वैज्ञानिक दृष्टिकोणबाट उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । साथै, समयक्रमसँगै हराउँदै गएका रैथाने बालीहरूलाई संरक्षण गर्न र कृषि, आम्दानीमुखी तथा सिपमूलक तालिमहरूमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
तालिम समापन कार्यक्रममा घिरिङ गाउँपालिकाकी उपाध्यक्ष राधा देवी अधिकारी, वडा नम्बर १ का अध्यक्ष रविचन्द्र घोरासेनी, कार्यपालिका सदस्य सरिता विक, वडा सचिव कृष्ण प्रसाद पाण्डे, वडाका प्राविधिक गणेश विक, कृषि शाखाका कर्मचारी लगायतको उपस्थिति थियो ।
वडा नम्बर ४ का अध्यक्ष भीम बहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृषि शाखा नायब प्राविधिक सहायक सामना नेपालीले गरेकी थिइन् । तालिममा वडा नम्बर ४ का ४० जना कृषकहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण घिरिङ गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामले गरेका थिए ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी