logo

आइतबार, असार १५ २०८२

kantipurpationlinetv

२०८२ असार १५ आइतबार

राइनास नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राइनास नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


  • बिहिबार, बैशाख २५ २०८२
  • 1.6K
    SHARES

    लमजुङको राइनास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिका अन्र्तगतका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेपश्चात बुधवार औपचारिक कार्यक्रम गरी पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

    पालिका स्तरिय खोप समन्वय समिति संयोजक एवं राइनास नगरप्रमुख खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रसाशकिय अधिकृत धनेश्वर पौडेल, वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखाका कार्मचारी तथा स्वास्थ्य चौकी प्रमुखहरु, पालिका अन्र्तगतका स्वास्थ्य कर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमा समूह, विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीहरुको  उपस्थिती थियो । औपचारिक कार्यक्रम सुरु हुनु भन्दा पहिले बाजा गाजा सहित र्याली निकालिएको थियो ।

    स्थानीय खोपको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आयोजित घोषणा सभामा राइनास स्वास्थ्य शाखा प्रमुख नानीबावु ढकालले खोप प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिवेदन अनुसार पालिकाभित्रका १६ देखि २३ महिनाका १ सय ८६ जना बालबालिकाले नेपाल सरकारबाट निशुल्क दिइने सवै प्रकारको खोप लगाएका छन् भने जन्मेदेखि १५ महिनासम्मका १ सय ९९ बालबालिकाहरुले नियमित रुपमा खोप लगाईरहेका छन् ।

    सरकारले विभिन्न रोग लाग्न नदिन निशुल्क खोपसेवा उपलव्ध गराएको अवस्थामा कुनै पनि बालवालिका खोपबाट बञ्चित हुन नदिन पालिका बासी सवै सचेत हुनुपर्ने नगरप्रमुख खड्गबहादुर गुरुङले वताउनुभयो । पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै नगरप्रमुख गुरुङले पूर्णखोप दिगोपना कायम गर्ने प्रतिवद्धता सहित हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका सहसंयोजक लक्ष्मी प्रसाद सेढाईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक कृष्णवहादुर रानाभाटले गर्नुभएको थियो ।

    कार्यक्रममा सहभागीहरुले आगामी दिनमा पालिका भित्रका कुनै पनि बालवालिका खोप लिनबाट वन्चित नहुने तथा पूर्ण खोप दिगोपनाको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech