logo

सोमबार, असार ९ २०८२

kantipurpationlinetv

२०८२ असार ९ सोमबार

पालुङटारको बजेट ८४ करोड (पूर्ठपाठ)

पालुङटारको बजेट ८४ करोड (पूर्ठपाठ)


  • शनिबार, असार ७ २०८२
  • 10.8K
    SHARES

    पालुङटार, असार ७ — पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ८४ करोड ६१ लाख १३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख वन्दना पाण्डेले १७औँ नगरसभामा बजेट प्रस्तुत गर्दै स्थानीय आर्थिक समृद्धि, पूर्वाधार विकास, सामाजिक समावेशीकरण र सेवा प्रवाह सुधारलाई केन्द्रमा राखिएको बताइन्।

    बजेटको स्रोत विवरण
    • संघीय सरकारबाट: रु. ७२.९४ करोड
    • प्रदेश सरकारबाट: रु. ४.६२ करोड
    • नगरपालिकाको आन्तरिक आय: रु. ६.६० करोड
    • सडक बोर्ड नेपालबाट: रु. ४५ लाख

    महत्वाकांक्षी योजना र ठूला बजेट शीर्षकहरू

    शिक्षा क्षेत्रलाई ऐतिहासिक प्राथमिकता: रु. ३०.६३ करोड
    • दिवा खाजा कार्यक्रमबाट ‘Junk Food’ प्रतिबन्ध, स्थानीय पोषणयुक्त खाना
    • Friday for Future अन्तर्गत प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप
    • दुर्गम बस्तीका बालबालिकाका लागि छात्रावास वा यातायातको व्यवस्था
    • प्राविधिक शिक्षा लिने विपन्न विद्यार्थीलाई छात्रवृत्ति
    • छात्रवृत्तिदेखि नगरस्तरीय परीक्षा र सामूहिक दुर्घटना बीमासम्मको व्यवस्था

    भौतिक पूर्वाधार विकासमा: रु. ९ करोड ७० लाखभन्दा बढी
    • नगर गौरव योजना अन्तर्गत विरुवाटार–गाईफार्म सडक: रु. १.७० करोड
    • राधाकृष्ण ठाँटीपोखरी सडक: रु. ७० लाख, समीफेद–डुम्रेडाँडा सडक: रु. ६० लाख
    • लुइटेल–ओप्री–कालामाटा सडकको स्तरोन्नति (संघीय साझेदारी): रु. ६.७० करोड
    • ३ पाङ्ग्रे सवारी सञ्चालनको व्यवस्था

    कृषि र पशुपालनमा आत्मनिर्भरता: रु. १.२५ करोड
    • कृषि एम्बुलेन्स, शीत भण्डारण, संकलन केन्द्र, हाटबजार सञ्चालन
    • भूमि बैंक स्थापना गरी बाँझो जमिन उपयोग
    • रैथाने बाली प्रवर्द्धन, अमिलो जातका फलफूल, मकै प्रोत्साहन
    • पशुसेवा नि:शुल्क, फार्म दर्तामा ५०% छुट

    स्वास्थ्यमा गुणस्तर वृद्धि: रु. १ करोडभन्दा बढी
    • गाईखुर स्वास्थ्य चौकीलाई भोटेकाटेमा स्तरोन्नति गरी मेडिकल अधिकृतसहित सेवा
    • ९८ प्रकारका औषधि नि:शुल्क
    • मानसिक स्वास्थ्यका लागि ध्यान/योग कार्यक्रम
    • निशुल्क शव वाहन, घुम्ती विशेषज्ञ सेवा, ग्रामिण अल्ट्रासाउण्ड
    • सुत्केरी पोषण कार्यक्रम, स्वास्थ्य स्वयंसेविका प्रोत्साहन: रु. ३८.९० लाख

    पर्यटन प्रवर्द्धनमा: रु. ३ करोड ६१ लाख
    • शहिद स्मृति पार्क निर्माण: रु. २.१७ करोड
    • चेपेघाट–लिगलिगकोट–तातोपानी पदमार्ग: रु. १.२० करोड
    • पर्यटकीय स्थल विकास र प्रचारप्रसार

    सामाजिक समावेशीकरण र सशक्तिकरण
    • महिला, अपाङ्ग, दलित, जेष्ठ नागरिक लक्षित कार्यक्रम
    • ‘अहिलेका युवा संग उहिलेका कुरा’ अन्तर्गत Senior Citizen Club स्थापना
    • महिला सशक्तिकरणका लागि सिपमूलक तालिम र कोशेली घर स्थापना
    • गरिब बिरामीलाई उपचार सहयोग, प्रसूति सेवामा भान्छाघर सेवा

    राजस्व सुधार र छुट योजना
    • १० शीर्षकमा सेवा शुल्क पूर्ण छुट, करदाताका लागि प्रोत्साहन
    • पशुसेवासम्बन्धी सबै सेवा निःशुल्क
    • कृषि उपजमा लाग्ने निकासी कर खारेज

    सह-लगानी कार्यक्रम: रु. ५० लाख
    • सडक, भवन, सिँचाइ योजनामा समुदायबाट न्यूनतम ३०–५०% लगानी
    • First Come First Serve आधारमा सहकार्य

    न्यायिक समिति सशक्तिकरण
    • मेलमिलापमैत्री विवाद समाधान
    • नि:शुल्क कानुनी परामर्श र हिंसा निवारण कोषको निरन्तरता

    नगर उपप्रमुख पाण्डेले बजेट प्रस्तुत गर्दै “समाजवादको आधार निर्माणको अभियान, सुन्दर र समृद्ध पालुङटार हाम्रो शान” भन्ने नारालाई सार्थक बनाउने लक्ष्य रहेको उल्लेख गरिन्। नगर प्रमुख, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नगरवासीहरूसँग सहयोगको अपेक्षा राख्दै बजेटको सफल कार्यान्वयनका लागि आह्वान गरिएको छ।

    (पूर्ठपाठ)

    palungtar_buget-1


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech