
सर्लाहीको हरिवन नगरपालिकालाई आज सडक मानवमुक्त नगरपालिका घोषणा गरिएको छ ।हरिवन ११ स्थित सुर्ति विकास चौरमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ समारोहको उद्घाटनका अवसरमा हरिवन नगरपालिकालाई मधेश प्रदेशकै पहिलो सडक मानवमुक्त नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) र मानवसेवाश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले पालिका र मानवसेवा आश्रम दुवै भएर सडक मानवमुक्त पालिका घोषणा कार्यान्वयन गर्ने उद्घोष गरेका छन् ।प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाले मानवसेवा आश्रमको अधुरो भवन निर्माणका लागि ५६ लाख ११ हजार रुपैयाँको चेक समेत हस्तान्तरण गरेको छ ।
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)