
आमाछोदिङमो गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न दोस्रो गाउँसभा अन्तर्गत अठारौं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले सो बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
अध्यक्ष तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा गाउँपालिकाले आगामी वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दिगो वातावरण संरक्षण, रोजगारी सिर्जना, उद्यमशिलता प्रवर्द्धन तथा विपद व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।
उहाँले भन्नुभयो, “गाउँपालिकाको समग्र विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता छ। स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै जनताको जीवनस्तर उकास्ने कार्यक्रमहरूलाई हामीले प्राथमिकतामा राखेका छौं।”
गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु। ३९,३९,३९,०००।०० (अक्षरूपी उनान्चालिस करोड, उनान्चालिस लाख, उनान्चालिस हजार मात्र) को आय–व्यय सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ।
अधिवेशनमा चालु आर्थिक वर्ष २०८१/०८२ जस्तै आगामी वर्षमा पनि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन प्रवर्द्धन, रोजगारी सृजना, उद्यमशीलता तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दीने स्पष्ट गरिएको छ। साथै, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरण गर्न स्थानीय विपद व्यवस्थापन कोष समेत व्यवस्था गरिएको जानकारी गराइएको छ।
अठारौं अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न आ-आफ्नो तह र तप्काबाट महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सरोकारवालाहरूलाई धन्यवाद दिने निर्णय गरिएको प्रवक्ता दावा गोम्बो तामाङले जानकारी दिनुभयो ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी