logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

पालुङटारमा अकवरे मल्टि एग्रो फार्म सञ्चालनमा, स्थानीय उत्पादन र रोजगारीलाई प्राथमिकता

पालुङटारमा अकवरे मल्टि एग्रो फार्म सञ्चालनमा, स्थानीय उत्पादन र रोजगारीलाई प्राथमिकता


  • बुधबार, असार १८ २०८२
  • 6.9K
    SHARES

    गोरखा — रैथाने वाली र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित पालुङटारको ठाटीपोखरीमा ‘अकवरे मल्टिएग्रो फार्म’ संचालनमा आएको छ। बिमला बिनिष्मा फाउण्डेसनद्वारा स्थापना गरिएको यो फार्म जेठ ३० गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

    फार्मका कार्यक्रम संयोजक सुदीप पन्तका अनुसार करिब साढे दुई रोपनी जग्गा लिजमा लिएर केही भागमा अकवरे खुर्सानी खेती गरिएको छ। अन्तर्राष्ट्रिय बजारसम्म अकवरे खुर्सानी पु-याउने लक्ष्यसहित उत्पादन विस्तार गर्ने योजना रहेको उनले बताए।

    फार्ममा ‘खाजा घर’ पनि सञ्चालन गरिएको छ, जहाँ अर्गानिक चिया र स्थानीय खाद्य परिकारहरू उपलब्ध छन्। पन्तले बताएअनुसार, यहाँ कोदोको मम, साग र धनियाबाट बनाइएको हरियो चाउमिनजस्ता मौलिक र स्थानीय सामग्रीबाट बनेका परिकार पाइन्छन्। साथै, स्थानीयस्तरमै उत्पादन गरिएको दूधबाट दही, मोही र अन्य दुग्धजन्य वस्तुहरूको बिक्री समेत गरिन्छ।

    “स्थानीय कृषि उपजको उत्पादन, संकलन र बजार व्यवस्थापन हाम्रो मुख्य लक्ष्य हो,” पन्तले बताए। फार्मले नजिकै संकलन केन्द्र निर्माणको तयारी पनि गरिरहेको छ। हाल फार्ममा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

    फाउण्डेसनका संस्थापक प्रकाशजंग पन्त पालुङटार नगरपालिका–६, कमलटार निवासी हुन्, जो हाल अस्ट्रेलियामा बसोबास गर्छन्। उनले र आफ्नो परिवारले विदेशमा कमाएको केही हिस्सा बिमला बिनिष्मा फाउण्डेसनमार्फत जिल्लाको सामाजिक कार्यमा लगाउने गरेका छन्।

    फाउण्डेसनले छात्रवृत्तिदेखि व्यवसायिक कृषि अपनाउन चाहने युवाहरूलाई बिना ब्याज ऋण प्रदान गर्ने कार्य समेत गर्दै आएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech