logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

वीरगन्जमा कर्फ्यू आदेश जारी: हिन्दू र मुस्लिम समुदायबीच झडप

वीरगन्जमा कर्फ्यू आदेश जारी: हिन्दू र मुस्लिम समुदायबीच झडप


  • शनिबार, चैत्र ३० २०८१
  • 4.8K
    SHARES

    वीरगन्ज महानगरपालिकामा शनिबार अपराह्न हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ। हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा छपकैया इदगाह चोक पुग्दा दुवै समुदायबीच विवाद चर्किँदै झडपमा परिणत भएको हो।

    झडपका क्रममा केही पसलमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। त्यस्तै, झडपमा परेर केही व्यक्ति घाइते भएको प्रहरीको भनाइ छ।

    स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी बल परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

    अपडेट

    जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू लगाएको छ।

    दुई पक्षबीचको झडपले वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए। साँझ ६:३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यू लगाइएको उनले बताए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech