logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

चौथो महांकाल व्हीलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न, नेपाल आर्मी र जेडब्लएस्सी विजेता (तस्विरसहित)

चौथो महांकाल व्हीलचेयर बास्केटबल प्रतियोगिता सम्पन्न, नेपाल आर्मी र जेडब्लएस्सी विजेता (तस्विरसहित)


  • शनिबार, बैशाख १३ २०८२
  • 15.4K
    SHARES

    विशाल मिलन केन्द्र चन्डोलमा सम्पन्न जय महांकाल व्हीलचेयर बास्केटबल प्रतियोगितामा पुरुष तर्फ नेपाल आर्मी क्लब विजय भएको छ। महिला तर्फ जेडब्लुएस्सीको टिमले विजय हासिल गरेका छ । प्रतियोगिताका विजेताहरूलाई नगद रु. २५ हजार , ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

    उपविजेता र तेस्रो हुने टिमले १५–१५ हजार र १० – १० हजार साथै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी र धेरै स्कोर गर्ने खेलाडीले जनई दुई हजार ट्रफी प्राप्त गरेका छन् ।जय महाकाल युवा समूहले जनाएको छ । साथै, अपाङ्गता भएका व्यक्तिहरू पनि सम्मानित भए । भूकम्प २०७२ मा अपाङ्ग भएका व्यक्तिहरूलाई पनि सम्मान गरेको छ ।

    कलाकारहरूको उपस्थितिले प्रतियोगिताका खेलाडीहरूलाई प्रेरणा , ऊर्जा र हौसला प्रदान गरेको आयोजक समूहले बताए । यस प्रकारका सामाजिक सरोकारका कार्यक्रमले समावेशी समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    महाकाल कप प्रतियोगितामा प्रमुख अतिथि राष्ट्रिय प्यारालिम्पिक कमिटी नेपालका अध्यक्ष राधा घले हुनुहुन्थ्यो। भने विशेष अतिथिहरूमा नायिका श्वेता खड्का , एलिजा गौतम , माया थामी , राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका उपाध्यक्ष उदय लिम्बु ज्यू , जय महांकाल युवा समुहका उपाध्यक्ष नारायण खत्री ज्यु लगायत हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व ग्रहण जय महाकाल युवा समूहको अध्यक्ष लिलानाथ भण्डारी ज्यूले गर्नुभएको थियो ।

    कलाकारिता र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै श्वेता खड्का, एलिजा गौतम र माया थामीलाई जय महाकाल युवा समूहले सम्मानित गर्यो । उहाँहरू जस्तो व्यक्तिले समाजसेवाको कार्यलाई अगाडि बढाईरहँदा समाजलाई सकारात्मक सन्देश जाने साथै अरुलाई पनि समाजसेवा , मानव सेवा , दिनदुखीको सेवामा समर्पित हुने शक्ति , प्रेरणा मिल्ने भएको हुँदा सम्मान गरिएको आयोजक जय महाकाल युवा समूहले जनाएको छ ।

    साथै, अपाङ्गता भएका व्यक्तिहरू पनि सम्मानित भए । भूकम्प २०७२ मा अपाङ्ग भएका व्यक्तिहरूलाई पनि सम्मान गरेको छ ।कलाकारहरूको उपस्थितिले प्रतियोगिताका खेलाडीहरूलाई प्रेरणा , ऊर्जा र हौसला प्रदान गरेको आयोजक समूहले बताए । यस प्रकारका सामाजिक सरोकारका कार्यक्रमले समावेशी समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको जय महाकाल युवा समुहको केन्द्रय अदक्ष्य लिलानाथ भण्डारीले   जानकारी दिनुभयो ।

    तस्विरमा हेर्नुहोस्:

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech