
गैरसरकारी संस्था महासंघ जिल्ला शाखा गोरखाको अध्यक्षमा हरि देवकोटा चयन भएका छन् । महासंघको सोमबार सम्पन्न २२ औँ साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशनले देवकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा वालकृष्ण लामिछाने, सचिवमा प्रमिला अधिकारी, सह–सचिवमा अनिता नेपाली र कोषाध्यक्षमा सुनिल न्यौपाने चयन भएका छन् । सदस्यहरुमा राज गुरुङ, साने गुरुङ, मिलन सिं बस्नेत, प्रतिमा राना, गीतामाया श्रेष्ठ चयन भएको महासंघले जनाएको छ । पदेन सदस्यमा सिताराम श्रेष्ठ चयन भएका छन् ।
गैसस महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठको अध्यक्षता एवं महासंघका केन्द्रिय अध्यक्ष अर्जुन भट्टराईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा, नेकपा एमालेका जिल्ला सचिव काजिराम रोका, माओवादी केन्द्रका जिल्ला सचिव अंकुर तिमिल्सिना, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए