
काठमाडौं: रात्रीकालिन मनोरञ्जन व्यवसायी संघको तेस्रो अधिबेशनबाट आशिष खड्काको नेतृत्वमा सर्ब सम्मतिले नयाँ कार्यसमिति गठन गरेको छ । खड्का तेस्रो कार्यकालका लागि सर्व सहमत चयन भएका हुन ।
लामो समय देखि रात्रीकालीन ब्यवसायमा आवद्ध भएका खड्काले कोटेश्वर, बानेश्वर र जडीबुटी क्षेत्रका ब्यवसायीहरुलाई एकजुट बनाई लैजाने प्रयत्न गरिरहेका छन । ब्यवसाय, ब्यवसायी र कर्मचारीहरुको हकहितका पक्षमा निरन्तर लागिरहेका उनले रात्रीकालिन ब्यवसायमा देखिएका चुनौती र संमस्या सगँ सगै यो ब्यवसायलाई हेर्ने दृष्ठिकोण माथी परिवर्ततन हुनुपर्न आवज उठाउदै आएका छन ।
सरकार र प्रशासन बाट ब्यवसाय र ब्यवसायी माथी भईरहेको बारम्बारको धरपकट अन्त्य गर्न र सबै ब्यवसायीहरुको आवाज लाई निरन्तर सरकार समक्ष पुराई सम्बोधनका लागि आफु निरन्तर लागीरहेको उनले खोजमिसन न्युज लाई जानकारी दिए ।
ब्यवसाय सन्चालनका लागि समय थप, ब्यवसायी, कलाकारको सुरक्षा साथै ब्यवसायी र कलाकारहरुको संमस्यामा आफनो दोस्रो कार्यकाल सफल भएको बताउदै उनले तेस्रो कार्यकालमा यी विषयहरुलाई थप सशक्त रुपमाँ अघि बढाउने उनको भनाई थियो ।
यस्तो छ नयाँ कार्यसमिति :
अध्यक्ष : आशिष खड्का
बरिष्ठ उपाध्यक्ष : राम ब. मगर ( रामथापा शिशिर)
उपाध्यक्ष : प्रम कृष्ण श्रेष्ठ
महासचिब : राज ढकाल
सचिव : पुरुषोत्तम गिरी
कोषाध्यक्ष : मैयाँ थापा मगर
सदस्यहरु :
रञ्जु गुरुङ
किरण श्रेष्ठ
सोनी महर्जन
डम्बर थापा मगर
लक्ष्मीलाल श्रेष्ठ
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी