
तीनकुनेको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं करिब एक सातादेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रसाईंलाई पहिलोपटक राज्यविरुद्धको कसुरअन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।
हिरासतमा रहेका प्रसाईंलाई तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका बारेमा कुनै ग्लानी छैन । बरु उनी बिन्दास शैलीमा सबै दोष राज्यलाई दिँदै छुट्नेमा आत्मविश्वासी देखिन्छन् । भारतको आसाममा २८ चैतमा पक्राउ परेर २९ चैतमा काठमाडौं ल्याउने क्रममा समेत उनले आफैं आएको दाबी गरेका थिए ।