//
logo

शुक्रबार, जेष्ठ २४ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ २४ शुक्रबार

सनिशा भट्टराई भन्छिन्: ‘म फिल्म क्षेत्रप्रति निकै गम्भिर छु’

सनिशा भट्टराई भन्छिन्: ‘म फिल्म क्षेत्रप्रति निकै गम्भिर छु’


  • बुधबार, जेष्ठ २२ २०८२
  • 3K
    SHARES

    काठमाडौं: मोडलबाट अभिनेत्री बनेकी सनिशा भट्टराई अहिले अत्यन्त व्यस्त छिन् ।  जेठ ९ गतेदेखि प्रदर्शनमा आएकाे आफ्नो नयाँ फिल्म ‘नरसिंहाः अवतार’ चलिरहदा  उनको व्यस्तता पनि बढेको छ  ।

    अघिल्लो वर्ष विराज भट्टको फिल्म ‘१२ गाउँ’ मार्फत रजतपटमा डेब्यू गर्ने यी अभिनेत्री म्युजिक भिडियोहुँदै फिल्म क्षेत्रमा आइपुगेकी हुन् । उनले अभिनय गरेका तीन दर्जन बढी म्युजिक भिडियोहरुमध्ये अधिकांश भिडियोले राम्रो भ्युज पाएका छन् । पहिलो फिल्म ‘१२ गाउँ’ को व्यवसायिक सफलताले सनिशालाई पनि फाइदा भएको छ । डेब्यू फिल्म नै अघिल्लो वर्षको उत्कृष्ट फिल्मको सूचीको माथिल्लो स्थानमा पर्नु उनका लागि भाग्यको कुरा हो ।

    यतिबेला उनी दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’ का कारण चर्चामा पनि छिन् । राजेश हमालले वर्षौंँपछि अभिनयमा कमब्याक गरेको फिल्मको रुपमा दर्शकमाझ प्रतिक्षित बनेको यो फिल्ममा सनिशाले अभिनेता राज कटुवालको जोडिको रुपमा काम गरेकी छिन् । वैशाख ३ गते सार्वजनिक भएको फिल्मको लोकप्रिय भैसकेको गीत ‘अच्छा लेकिन…’ मा सनिशाले कम्मर मर्काएको दर्शकले मन पराइसकेका छन् ।

    ५ फिट ७ ईन्च अग्ली सनिशालाइ पछिल्लो समयको व्यस्तताका बारेमा जिज्ञासा राखेको थियो । यसको जवाफमा उनले भनेकी छिन्– ‘यतिबेला त मेरो सम्पूर्ण समय नरसिंहाः अवतारको प्रचार प्रसारमै बितिरहेको छ, यद्यपि फुर्सदको बेला नयाँ–नयाँ फिल्मका स्क्रिप्ट पनि हेरिरहेकी छु ।’

    ‘मैले अहिले नै नयाँ फिल्म त साइन गरिसकेकी छैन, तर केही समयपछि यहाँहरुले मेरो नयाँ फिल्मको बारेमा जानकारी पाउनु हुनेछ, उनी भन्छिन्– ‘मैले मनोरञ्जन क्षेत्रलाई केवल मनोरञ्जको रुपमा मात्र लिएकी छैन, म यो क्षेत्रप्रति निकै गम्भिर छु । यसैमा करियर बनाउने निर्णय गरिसकेकी छु । त्यसैले म अब थप अर्थपूर्ण भूमिकामा काम गर्न चाहन्छु, अझै मिनिङफूल रोल गर्न मन छ । म चाहन्छु दर्शकले मलाई फिल्ममा धेरै प्रकारका क्यारेक्टरमा देख्नु होस् ।’


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech