logo

शनिबार, जेष्ठ ३२ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ३२ शनिबार

वाइसिएल गोरखाको अध्यक्षमा सुशिल गुरुङ सर्वसम्मत निर्वाचित

वाइसिएल गोरखाको अध्यक्षमा सुशिल गुरुङ सर्वसम्मत निर्वाचित


  • मंगलबार, जेष्ठ १४ २०८२
  • 4.8K
    SHARES

    नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसीएल ) गोरखाको तेस्रो जिल्ला अधिबेशनबाट सुशिल गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । गोरखा सदरमुकाममा सोमबार सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा एक बहादुर गुरुङ (ठालु), सुवास तामाङ, र मीरा उपरकोटी र सचिवमा अन्जन गुरुङ निर्वाचित भएका हुन् ।

    त्यस्तै  कोषाध्यक्षमा ईश्वर मूडबरी, सहसचिवमा रबिन सिखडा  सन्चबहादुर राना, सरोज तमाङ र मोहन गुरुङ निर्वाचित भएको जनाइएको छ । अघिबेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व सहइन्चार्ज हरिराज अधिकारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य अधिकारीले देशभर माओवादी पार्टी प्रति जनताको आर्कषण बढ्दै गएको बताउनुभयो । उहाँले माओवादी सरकार रहदा गरेको जनपक्षीय कामले जनतामा माओवादी प्रतिको विश्वास र भरोसा बढेको उहाँले बताउनुभयो ।

    अधिबेशनमा नेकपा माओवादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज अमर तमु,  केन्द्रीय सदस्य परशुराम रम्तेल, कमला नहर्की, गुणराज खनाल लगायतको सहभागिता रहेको थियो । अधिबेशनको उद्घाटन कार्यक्रममा वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech