logo

आइतबार, असार १५ २०८२

kantipurpationlinetv

२०८२ असार १५ आइतबार

माइक्रोसफ्टले एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर खर्च गर्ने

माइक्रोसफ्टले एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर खर्च गर्ने


  • शनिबार, पुष २० २०८१
  • 14
    SHARES

    काठमाडौं, २० पुस । माइक्रोसफ्टले कृतिम बौद्धिकता अर्थात् एआईको लागि डेटा सेन्टर बनाउन यो वर्ष ८० अर्ब डलर खर्च गर्ने भएको छ ।

    एआई मोडेलहरूलाई प्रशिक्षण दिन, एआई र क्लाउड–आधारित एप्लिकेशनको लागि डाटा सेन्टरहरू विकास गर्न यो वर्ष अर्थात् सन् २०२५ मा माइक्रोसफ्टले ८० अर्ब डलर खर्च गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

    सन् २०२२ मा ओपन एआईले च्याट जीपीटी शुरु गरेपछि एआईमा लगानी बढेको छ । विभिन्न क्षेत्रका कम्पनीहरूले एआईलाई आफ्ना उत्पादन र सेवाहरूमा एकीकृत गर्न खोजिरहेका छन् । एआईलाई ठूलो कम्प्युटिङ पावर चाहिन्छ र विशेष खालका डेटा सेन्टरहरू आवश्यक पर्छ ।

    यसैको पूर्तिको लागि माइक्रोसफ्टले अर्बौ डलर खर्च गर्न लागेको हो । माइक्रोसफ्टले आफ्नो एआई पूर्वाधार बढाउन र आफ्नो डेटा सेन्टर नेटवर्क विस्तार गर्न यसअघि पनि अर्बौं डलर लगानी गरिसकेको छ । माइक्रोसफ्टले गर्ने ८० अर्ब डलरको लगानीमध्ये आधाभन्दा धेरै संयुक्त राज्य अमेरिकामा हुनेछ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech