
एजेन्सी। चीनको झेजियाङ प्रान्तको निङ्बोस्थित जेली जिकर ५जी स्मार्ट कारखानामा पहिलो पटक दर्जनौँ रोबोटहरू काम गरिरहेका छन्। यी रोबोटहरूले सामग्री वर्गीकरण गर्ने, बक्सहरू बोक्ने र कारका संवेदनशील भागहरू जोड्ने कार्य प्रभावकारी रूपमा गरिरहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
शेन्जेनस्थित प्रविधि कम्पनीद्वारा विकसित वाकर एसवान नामक यी रोबोटहरू पहिलो पटक कारखानामा विभिन्न क्षेत्रहरूमा कार्य विभाजन गरी संयोजनात्मक रूपमा काम गर्न तालिम प्राप्त गरेका छन्। उपाध्यक्ष जियाओ जिचाओका अनुसार यी रोबोटहरू “ब्रेन नेटवर्क” प्रणालीमा आधारित छन्। “सुपर ब्रेन” (केन्द्रिय बुद्धिमत्ता प्रणाली) ले निर्णय लिन्छ भने “मिनी-ब्रेन” हरूले तिनलाई प्रत्यक्ष कार्य गर्न सक्षम बनाउँछ।
एआई प्रविधि डिपसिकको सहयोगमा सुपर ब्रेनले तथ्यांकको विश्लेषण गरी रोबोटहरूलाई कार्य विभाजन गर्छ। मिनी-ब्रेन हरूले वातावरण महसुस गर्न, समातेको बल नियन्त्रण गर्न र टिमसँग प्रत्यक्ष डाटा साझा गर्न मद्दत गर्छन्। कार्यक्रमका क्रममा यी रोबोटहरू सामग्री ट्र्याक गर्न, कार्यक्षेत्रको नक्सा बनाउन र संवेदनशील वस्तुहरू सफाइपूर्वक बोक्न सक्षम देखिएका छन्।
साथै, यी रोबोटहरू कार्य गर्दै गर्दा तथ्यांक सङ्कलन गर्छन्। जसले तिनको दक्षता बढाउनेछ। जिचाओका अनुसार अहिलेसम्म “करोडौँ” वास्तविक औद्योगिक तथ्यांक सङ्कलन भइसकेको छ। यस प्रविधिले अटो उद्योगलाई नयाँ युगतर्फ अघि बढाउँदै मानवजस्तै कार्य गर्न सक्ने रोबोटहरू को भविष्यलाई अझ उज्ज्वल बनाएको छ।
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)