logo

आइतबार, असार १५ २०८२

kantipurpationlinetv

२०८२ असार १५ आइतबार

गोरखाकी स्मृति गुरुङ श्रीलंकामा हुने नवौ साउथ एसियाली कराँते प्रतियोगितामा सहभागी हुदैँ

गोरखाकी स्मृति गुरुङ श्रीलंकामा हुने नवौ साउथ एसियाली कराँते प्रतियोगितामा सहभागी हुदैँ


  • शुक्रबार, असार १३ २०८२
  • 28
    SHARES

    श्रीलंकामा हुन लागेको नवौँ साउथ एसियाली कराँते प्रतियोगितामा गोरखाकी स्मृति गुरुङ सहभागी हुने भएकी छन् । प्रतियोगितामा उनले २१ बर्ष मुनिको ६८ केजी तौल समूहमा कुमुते फाइट तर्फ प्रतिस्पर्धा गर्नेछिन् ।

    गोरखाको शहिद लखन गाउँपालिका–६ की उनलाई शुक्रवार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । जिल्ला खेलकुद बिकास समिति र कराँते महासंघ गोरखाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी उनलाई बिदाई गरेको हो ।

    गोरखामै प्रशिक्षण लिएकी उनले यसअघि जिल्ला र प्रदेशसँगै राष्ट्रिय स्तरका प्रतियोगितामा पनि सहभागीता जनाइसकेकी छन् । यही असार १८ देखि २३ गतेसम्म प्रतियोगितामा संचालन हुने छ ।

    प्रतियोगितामा सहभागी हुन जाने आउने लगायतका खर्चका लागि कराँते महासंघ गोरखाले उनलाई एक लाख १५ हजार नगद सहयोग गरेको छ । अभियान संचालन गरेर बिभिन्न संस्था र व्यक्तिबाट उक्त रकम संकलन गरिएको कराँते महासंघ गोरखाका उपाध्यक्ष अमृत श्रेष्ठले बताए । ‘आज उनलाई प्रतियोगितामा जानका लागि बिदाई पनि गरियो,’ उनले भने, ‘त्यही क्रममा अभियान अन्तरगत हामीले संकलन गरेको एक लाख १५ हजार नगद पनि उनलाई हस्तान्तरण गर्यौ ।’

    जिल्ला खेलकुद बिकास समिति गोरखाका अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिक, वडा नम्वर ५ का अध्यक्ष एवं महासंघका सल्लाहकार बिष्णु राना, गोरखा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष राजेन्द्रकुमार जोशी, कराँतेका प्रशिक्षक ग्याम्जो लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सहयोग गर्नेहरुको नामावली
    गोरखा नगरपालिका : ३०,०००
    व्याडमिन्टन टिम : १८,०००
    ग्याम्जो लामा : १०,०००
    जिल्ला खेलकुद बिकास समिति : ५,०००
    नन्दबहादुर राना : ५,०००
    शान्ता प्रधान : ५,०००
    दिलिप थापा : ५,०००
    सन्तोष गुरुङ : ५,०००
    मनिराम थापा : ५,०००
    बिष्णु राना : ५,०००
    हिमालय देवी क्लब : ५,०००
    सरोज थापा : ३,०००
    राजकुमार थापा मगर : ३,०००
    दिनेश थापा : २,५००
    शुशिल गुरुङ : २,०००
    राजेन्द्र पुडासैनी : २,०००
    किरण ढकाल : २,०००
    रामबहादुर थापा : २,०००
    लोकबहादुर गुरुङ : १,०००


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech