
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतीक झाँकी प्रदर्शनी कार्यक्रम गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ ।
झाँकी प्रदर्शनीमा सहभागी समूहमध्य उत्कृष्ट समूलाई नगद सहित सम्मान पनि गरिने छ । जहाँ प्रथम हुने समूहलाई रु ३१ हजार १३१ सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने भएको छ । त्यस्का साथै दोस्रो हुने झाँकी समूलाई २५ हजार ५२५, तेस्रो हुने समूहलाई रु २१ हजार १२१ र चौथो हुने समूहलाई नगद रु १५ हजार ५१५ सहित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै कास्की जिल्लाभन्दा बाहिरबाट सहभागी हुने साँस्कृतीक समूहलाई आउने जाने बस भाडाको व्यबस्था गरेको पनि आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन चाहने गण्डकी प्रदेशमा रहेका झाँकी समूहले सम्पर्क गरेर पनि आफ्नो समूहको नाम दर्ता गर्न सक्नेछन् । जस्को लागि आयोजकले ९८५६०३२४७३,९७६३२५२१२१ र ९७०५२५२१२५ नम्बरहरु सार्वजनीक गरेको छ ।
त्यस्तै गण्डकी कोटिहोम महायज्ञमा राष्ट्रिय भजन प्रतियोगीता, माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता पनि आयोजना गर्ने भएको छ ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)