logo

बुधबार, असार २५ २०८२

kantipurpationlinetv

२०८२ असार २५ बुधबार

सुनिता डंगोल इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा

सुनिता डंगोल इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा


  • बुधबार, बैशाख ३ २०८२
  • 4.8K
    SHARES

    काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमकी ग्लोबल लिडर घोषित भएकी छन् ।

    स्थानीय लिपीहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ११४ युवाहरूमध्येमा डंगोल पनि पर्न सफल भएकी हुन् । उनीसँगै विश्वका विभिन्न देशका मन्त्रीहरु, सांसद, वैज्ञानिक, व्यापारी,उद्यमी पनि ग्लोबल लिडरमा घोषित भएका छन् ।

    वर्ल्ड इकोनोमिक फोरमले डंगोलबारे आफ्नो वेबसाइटमा सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहेकी, स्थानीय लिपिहरूको संरक्षणका लागि युवाहरूको नेतृत्वमा सञ्चालित ‘क्यालिजात्रा’ अभियान सुरु गरेकी, मिस नेवा प्रतियोगिता जितेकी र काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा हालसम्मकै कान्छी सदस्यका रूपमा नियुक्त भएकी लगायतका विषय उल्लेख गरेको छ ।

    पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वर्ल्ड टुरिज्म सिटिज फेडेरेसन सम्मेलनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै विचार प्रस्तुत गरेको सन्दर्भ पनि फोरमले उल्लेख गरेको छ । उपप्रमुख डंगोललाई फोरमले एक ऊर्जाशील नेतृत्वको भूमिकामा सांस्कृतिक सम्पदा संरक्षण, युवा सशक्तीकरण र नवप्रवर्तनशील शहरी विकासको पक्षमा प्रतिबद्ध नेतृत्वको रूपमा उल्लेख गरेको छ ।

    ‘समावेशी शासनको लागि समर्पित एक कार्यकर्ता भएर उनी काठमाडौंको विविध समुदायका आवाजहरूलाई प्रतिनिधित्व गर्न सतत प्रयासरत छन्। कला-प्रेमी सुनिता पुराना परम्परालाई संरक्षण गर्दै आधुनिक शहरी विकासलाई सन्तुलनमा ल्याउन उत्साही छिन्,’ फोरमले लेखेको छ । उपमेयर डंगोललाई फोरमले युवाहरूलाई प्रेरणा दिने र सांस्कृतिक पहिचान र आधुनिकता जोड्ने नयाँ पुस्ताकी राजनीतिज्ञ भनेको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech